साइनो समाचारदाता
काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले बृद्धि भइ ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँ रहेको छ । बिहीबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँ पुगेको थियो ।

















