साइनो समाचारदाता
हेटौंडा । मकवानपुरको हेटौंडा ३ स्थित बसामाडीको तीनताप्केमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका ५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन रहेका छन् ।
त्यस्तै सोहि दुर्घटनमा परि एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा अटो चालक मनहरी गाउँपालिका ५ बसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्का रहेका छन् । उनको चुरेहिलमा उपचार भइरहेको छ । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार ठोक्किँदा दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले बताए ।
















