ब्राउन सुगरसहित ६ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

ब्राउन सुगरसहित ६ जना पक्राउ

साइनो समाचारदाता
सिरहा । लागुपदार्थ ब्राउन सुगरसहित ६ जना युवालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार गोलबजार नपा ६ ढोहटियाका २८ वर्षीय पाण्डव गुप्ताले आफ्नै घरमा बिक्रीको लागि लुकाई राखेको १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारले गुप्तासहित स्थानीय २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, विवेक श्रेष्ठ र १९ वर्षीय शिरिल महरालाई नियन्त्रणमा लिएको जनाएको छ । गोलबजारका इन्सपेक्टर जनक पुरीको कमाण्डमा गएको टोलीले गुप्तासहित ओसारपोसारमा सहयोग गर्ने र सेवन गर्नेहरुलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । उनीहरुलाई लगुऔषधसम्बन्धि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

सम्बन्धित खवर