साइनो समाचारदाता
काठमाडौं । नेपालमा आज शुक्रबार थप ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ जनाको पि सि आर परिक्षण गर्दा ४ सय ६४ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना सङक्रमितको सङख्या २२ हजार २ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म १५ हजार ८ १४ जना डिस्चार्ज भएका छन् ।
















