साइनो समाचारदाता
लहान । सिराहाको नरहा गाउँपालिका ५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर बिहीबार एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका(५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन् ।
पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएका बालक शर्मालाई स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पु¥याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
















