साइनो समाचारदाता
विराटनगर । मंगलबार बिहान विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा एक जना पुरुषको शव भेटिएको छ । मोरङको कटहरी गाउँपालिका–१ का अन्दाजी ४५÷५० वर्षीय दिलिप पौडेलको शव भेटिएको हो ।
सडकको छेउमा मृत्यु भएको अवस्थामा पौडेलको बिहान ७ बजेतिर शव भेटिए पनि मृत्युुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।शरीरका कुनै चोटपटक भने देखिएको छैन । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
















