साइनो समाचारदाता
बुटवल । स्रोत नखुलेको नगदसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई अख्तियार दुरुपयोग अनुसनधान आयोगले पक्राउ गरेको छ । उनीहरुलाई सोमबार रुपन्देहीबाट आयोगले नियन्त्रणमा लिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई श्रोत नखुलेको नगद रकम रु ३ लाख ४८ हजार र विभिन्न मितिको बैंक भौचर रकम रु.५लाख ५० हजार सहित रुपन्देहीको सालझन्डीबाट आयोगको बुटवल कार्यालय टोलीले नियन्त्रमा लिएको हो । उनीहरु निकुञ्ज कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा अदुअआको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
















