साइनो समाचारदाता
इलाम । इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गणमा कार्यरत छन् ।
यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले बताए । उनले भने ‘पछिल्लो समय ४० जनाको स्याम्पल पठाउँदा शनिबार १७ जनाको रिपोर्ट पोजेटिभ आयो ।’ यससँगै इलाममा संक्रमित सशस्त्र प्रहरीको संख्या २८ पुगेको छ । उनिहरु सबैलाई पूर्वाञ्चल विश्वविद्यालय आइसोलेशन गोठगाउमा पठाइएको छ भने बाँकी सशस्त्र प्रहरीको पुनः स्वाब संकलन गर्ने तयारी छ ।
















