रोल्पामा कुटपिटबाट एकको मृत्यु, ६ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

रोल्पामा कुटपिटबाट एकको मृत्यु, ६ जना पक्राउ

साइनो समाचारदाता
रोल्पा । कुटपिट गरी हत्या गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले नियन्त्रणमा लिएको छ । रुन्टीगढि गाउँपालिका– ६ भनझ्याङ खोलामा सालडाँडा बस्ने २४ वर्षीय ईश्वर बस्नेतको कुटपिटबाट मृत्यु भएको हो । स्थानीय १४ जनाको समूहले बस्नेतलाई कुटपिट गरेपछि घाईते उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

रुन्टीगढी गाउँपालिका– ६ सालवाङ बस्ने ६५ वर्षीय गोठे बुढाको दाङ घोराही उमनपा– १२ हापुरबाट घरतर्फ आउँदै गर्दा बस्नेतले साथमा रहेको नगद ५ हजार र हातमा लगाएको घडीं लुट्न खोजेपछि स्थानीयलाई खबर गरेका थिए । स्थानीयलाई खबर गरे पश्चात १४ जनाको समूहले राती १ बजेको समयमा बस्नेतको घरमा गई ढोका खोल्नुहोस् भनि ढोका ढक्ढकाउँदा बस्नेत घरको झ्यालबाट हामफालि भाग्ने क्रममा घर नजिकै १४ जनाको समूहले छोपी कुटपिट गर्दा बस्नेत घाइते भएका थिए ।

घाइते बस्नेतलाई उपचारको लागि शनिबार बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुबृङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि दाङतर्फ लैजाने क्रममा रुन्टीगढि गाउँपालिका–६ भनझ्याङ खोला नजिक बस्नेतको मृत्यु भएको थियो । बस्नेतको मृत्युु भएको खवर विहान १० बजे प्रहरीलाई खर गरिएको र प्रहरीलाई खबर प्राप्त हुना साथ प्रहरी खटी घटनामा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ भने अन्य ८ जना फरार व्यक्तिको खोजीकार्य जारि रहेको खड्काले बताए ।

सम्बन्धित खवर