अनुदानको विरुवा वडाध्यक्षकै बारीमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अनुदानको विरुवा वडाध्यक्षकै बारीमा

साइनो समाचारदाता
पथरी । एक गैरसरकारी संस्थाले अनुदानमा नगरलाई दिएको विरुवा वडाध्यक्षले आफ्नो बारीमा रोपेका छन । मोरङको पथरीशनिश्चरे नगरपालीकालाई युएनएचसीआरले दिएको १ सय ५० कागती, लिच्ची र आपका विरुवा वडा नं. ३ का वडाध्यक्ष डम्बर चेम्जोङले आफ्नै बारीमा रोपेका हुन ।

नगरले प्रत्येक वडामा १ सय ५० विरुवा कृषकलाई वितरण गर्नु भनेर पढाएको थियो । तर वडा नं. ३ का वडाध्यक्ष चेम्जोङले कृषकलाई भनेर ल्याएको विरुवा विहिबार विहान ७ बजे आएर आफ्नै बारिमा रोपेको सधियार बताउछिन । अनुदानमा आएको विरुवा जो कृषक हुन उनिहरुले नपाउने र एक जनप्रतिनीधिले १० ओटाका दरले विरुवा लगे पछि कृषकले के पाउने ? स्थानीय टिका गौतमले प्रश्न गरे । वडाध्यक्ष डम्बर चेम्जोङले कृषकलाई नदिई अनुदानमा आएको विरुवा आफ्नो बारीमा रोपोको स्थानीय र सधिया बताउछन ।

यता वडाले विरुवा लिन आउनेलाई सकियो भनेर नदिए पनि केहि विरुवा लुकाएर राखेको भेटिएको छ । वडाध्यक्ष चेम्जोङले भने विरुवा आफुले नलगेको र वडावासीले आफुलाई झुटो आरोप लगाएको बताएका छन । नगरबाट आएको विरुवा वडावासीलाई वितरण गरेको उनले जानकारी दिए । तर वडाले कृषीको कुनै पनि कार्यक्रममा सहि कृषकको पहिचान नगरेको राजेश धिमालले बताए ।

विरुवा माग्न आउनेलाई वडा कार्यलय र स्वास्थ भवन बनाउने ठाउ रोप्ने भनेर भने पनि वडाध्यक्षले आफ्नै बारिमा रोपेको र वडामा लुकाएर राखेको दिपेश अधिकारीले बताए । वडाले विरुवा वितरणमा मनोमानी गरि वडाध्यक्षको बारिमा रोपेपछि स्थानीयले वडा कार्यलयमा विरोध गरेका छन । विरुवा नपाएका शिव रिजालको प्रश्न छ “यदि वडाले विरुवा वितरण गरेको लिखित, तथ्याङक र मापदण्ड भए देखाउन सक्नुपर्यो नी”

सम्बन्धित खवर