साइनो समाचारदाता
काठमाडौं । मलेसियामा नेपाली मजदुर (सेक्युरिटी गार्ड) लाई कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो भाइरल बनेसंगै नेपाली राजदूतावास क्वालालम्पुरले घट्नाबारे सोधखोज थालेको छ । शुक्रबार एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएको छ ।
उनी को हुन् र किन कुटपिट गरिएको हो भन्ने हालसम्म खुलेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । ‘सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ,’ दूतावासले एक विज्ञप्तिमार्फत भनेको छ । दूतावासले सो घटनाबारे थप जानकारी भए दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको छ ।
















