साइनो समाचारदाता
कैलाली । कैलालीमा अविरल वर्षासँगै आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ३ पुगको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ का ३२ वर्षीय चन्द्र विकको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका ८ का ३ जना बेपत्ता भएका थिए । यसअघि बिहीबार भजनी नगरपालिका ८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी र शुक्रबार बिहान सोही ठाउँका ४० वर्षीय ईश्वर शाहीको शव फेला परिसकेको थियो । ‘केहि बेरअघि चन्द्र विकको पनि शव फेला प¥यो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।
















