रुकुम घटनाका पीडित परिवारलाई ५ लाख रुपैयाँ प्रदान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

रुकुम घटनाका पीडित परिवारलाई ५ लाख रुपैयाँ प्रदान

साइनो समाचारदाता
काठमाडौं । रुकुमपश्चिमको सोती घटनाका मृतक परिवारलाई कलाकारहरुले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उक्त रकम जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई हस्तान्तरण गरे ।

गत जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तर्रजातिय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरुसँग केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा मृत्यु भएको थियो । मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका नवराजका अन्य पाँच जना साथीहरुकोको पनि मृत्यु भएको थियो ।

सो घटनाका प्रत्येक मृतकको परिवारलाई ५० हजारका दरले तीन लाख रुपैयाँ वितरण गरिने छ भने प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई प्रदान गरिनेछ । रकम अष्ट्रेलिया, अमेरिका लगायत देशबाट गायक यस कुमारको पहलमा संकलन भएको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर