साइनो समाचारदाता
जनकपुरधाम । सिराहाको सिराहा नगरपालिकामा कल्भर्टमा डुबेर एकजना व्यक्तिको मृत्यु भएको छ । सिराहा नगरपालिका १० स्थित पदमपुरबाट नरैया जाने भित्रि सडकखण्डको कल्भर्टमा डुबेर सोही वडाका झगरु मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
५० वर्षीय मुखियाको सोही कल्भर्टमा डुबेर मृत्यु भएको र शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।
















