साइनो समाचारदाता
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मुल्य ९९ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको हो ।
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामै पाँच सय रुपैयाँले बढेको महासंघले जनाएको छ । यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।
















