साइनो समाचारदाता
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका एकजना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि उपमहानरको आकस्मित बैठक बस्ने तयारी भईरहेको छ । केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरीएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
इटहरीलाई लकडाउन गर्ने कि नगर्ने भन्ने बिषयमा छलफलका लागि बैठक बस्ने तयारी भईरहेको बताइएको छ । समुदायमा कोरोना संक्रमण देखिएको अवस्थामा लकडाउन घोषणा गर्नु उपयुक्त हुने स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।
















