४ महिनापछि आजबाट खुले सौराहाका होटल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

४ महिनापछि आजबाट खुले सौराहाका होटल

साइनो समाचारदाता
चितवन । लकडाउनका कारण चार महिनादेखि बन्द भएको चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट सञ्चालनमा आएका छन् । सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि क्षेत्रीय होटल संघ सौराहाले आजबाट होटलहरु सञ्चालन गर्ने निर्णय गत मंगलबार नै गरेको थियो ।

बर्खाको सिजन भएकाले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश महत्वपूर्ण हुने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । ‘अहिले त पर्यटकीय सिजन पनि हैन, अर्कोतिर लामो दुरीका सवारीसाधन अझै खुलेका छैनन्, विमान चलेको छैन,’ उनले भने, ‘तर पनि हामी सौराहा खोल्छौं, जो जति पर्यटक आउनुहुन्छ उहाँहरुलाई सावधानी अपनाएर ससम्मान सेवा दिन्छौं ।’

सौराहाका व्यवसायीहरुले केही प्रतिशत छुटको अफर दिने तयारीसमेत गरेका छन् । क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा हुने पर्यटकीय सबै गतिविधिमा विषेश छुटको प्याकेज दिनेबारे छलफल भैरहेको बताए । आन्तरिक पर्यटक भित्राउन र सौराहा खुल्दैछ भन्ने सन्देश दिन गत शनिबार व्यवसायीहरुले साइकल ¥याली निकालेका थिए । सौराहामा ११० होटल सञ्चालनमा छन् ।

सम्बन्धित खवर