साइनो समाचारदाता
भक्तपुर । भक्तपुरको सुर्यविनायक स्थित सिरुटारबाट खसी–बाख्रा चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बिहान गिता राईको गोठको ताला फोडेर त्यहाँ रहेका ३ वटा खसी र ४ वटा बाख्रा चार्ने दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।
पक्राउ पर्नेमा सर्लाही घर भएका २७ वर्षीय सागर तामाङ र रौतहट घर भएका २१ बर्षिय बिजय तामाङ रहेका छन् । उनिहरुलाई चौपाया चोरेर कलंकीमा रहेको खसी बजारमा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चोरीमा संलग्न रौतहट घर भएका च्याङबा तामाङ फरार छन् । उनीहरुले ओसारपसारका लागि गाडी प्रयोग गरेर चौपाया चोर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
















