साइनो समाचारदाता
काठमाडौ । बुधबार देशभर थप १ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । बुधबार थपिएकासहित देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
त्यस्तै २४ घण्टामा २ सय ७ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म कुल १२ हजार ६ सय ८४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा मुलुकका विभिन्न प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ३ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म मृतक ४० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
















