प्रहरीमा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय शिल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

प्रहरीमा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय शिल

साइनो समाचारदाता
पोखरा । कोरोना संक्रमण कम भएको भन्दै लकडाउन खोलीएको दिन नै स्याङ्जा जिल्ला प्रहरी कार्यालयलाई भने शिल गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत तीन प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै जिल्ला प्रहरी कार्यालयलाई शिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

‘तीन जना प्रहरीमा रिपोर्ट पोजेटिभ आएपछि समुदायमा संक्रमण नफैलियोस् भनेर बाहिर रहेकालाई बाहिर र भित्र रहेकालाई भित्र नै बस्न भनिएको छ । सम्भावितहरुको रिपोर्ट आएपछि नयाँ योजनाका साथ अगाडी बढ्ने सोच बनाएका छोँ’ क्षेत्रीले भने । उनकाअनुसार रिपोर्ट पोजेटिभ आएकाहरुको कन्ट्याक ट्रेसिङ गरी स्वाब निकालेर परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले भने जिल्ला कार्यालय शिल गरिएको भए पनि अनलाइनमार्फत उजुरी लिएर कामकाजलाई अगाडी बढाउने जानकारी गराए । प्रबक्ता अधिकारीकाअनुसार संक्रमित तीनै जना प्रहरीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।

सम्बन्धित खवर