साइनो समाचारदाता पथरी/
मोरङको उलाबारी नगरपालीका वडा नं. ८ वडा सदस्य अग्नि प्रसाद लिम्बुले एक युवकको कुटेर हात भाचि दिएका छन । उर्लाबारी ४ का २० वर्षीय सुदिप थापाको वडासदस्य लिम्बुको कुटाईका कारण हात भाचिएर ४ दिन देखि दमक स्थीत आम्दा अस्पताल रहेका छन ।
यता भतिजको हात भाचिदिएका वडा सदस्य लिम्बुका विरुद्ध जाहेरी दिदा प्रहरीले जाहेरी लिएको छैन । ४ पटक ईलाका प्रहरी कार्यलय उर्लावारीमा गएर जाहेरी दिदा प्रहरी निरिक्षक सुवास राईले जाहेरी नलिने भन्दै मिल्न दवाव दिएको पिडितका काका हेम बहादुर थापाले बताए ।

उर्लाबारी ४ का सुदिप लगायत अन्य ३ जना प्रितम पौडेल, पवन खड्का, मिलन प्रसाईलाई वडा नं. ८ का वड सदस्य अग्नि प्रसाद लिम्बुको परिवारले बाटो छेकेर कुटपिट गरेको पिडत मिलन प्रसाईले बताए ।
सुदिपको समुह साउन १ गते रातको ९ बजे साथीलाई उर्लाबारी ८ सिसौली पुर्याउन गएको थियो । साथी पुर्याएर घर फर्कदै गर्दा वडा सदस्यको परिवारले बाटोमा ढाट लगाएर बाटो छेकेका थिए । सुदिप बाईकबाट उत्रनै नपाई वडा सदस्यले बासको डन्डाले सुदिपको हातमा प्रहार गरेका थिए । घटनामा सुदिपको हात भाचिए पछि भोलिपल्ट दमक स्थित आम्दा अस्पतालमा सुदिपको हात अप्रेसन गरि स्टिल हालि उपचार भै रहेको छ ।

तर तीन पटक प्रहरीकोमा जाहेरी दिन जादा प्रहरीले बेवस्था गर्दै जाहेरी लिन मानेको छैन । पिडित पक्षले न्याएका लागि वडा सदस्य अग्नी प्रसाद लिम्बू, उनका छोरा शौगात लिम्बू र महेश लिम्बूको नाममा किटानी जाहेरी दिए पनि प्रहरी निरिक्षक सुवास राईले जाहेरी नलिई उल्टै मिल्न दवाव दिएको काका हेम बहादुर थापाले बताए ।
प्रहरी निरिक्षक सुवास राईलाई जाहेरी नलिए र मिल्न दवाव दिएको विषयमा सोध्दा आफुले त्यस्तो नगरेको बताउदै आनाकानी गर्दै टारे भने आवस्यक औषधी उपचार भै रहेको जानकारी दिए । तर संचारकर्मीले घटनाबारे बुझेपछि राईले पिडितका काका हेम बहादुर थापालाई ईलाका बोलाई दुख दिन थालेका छन ।
जनप्रतिनिधी कुट्ने प्रहरी पिडितलाई झन पिडा दिने कारणले थापा परिवारको प्रहरी र कानुन प्रतिको आश मरि सकेको छ । भतिज हात भाचिएर अस्पतालमा छ । वडा सदस्य संग मिली प्रहरी उल्टै हामीलाई दुख दिन्छ अब न्याय कहाँ पाउनु ? सुदिपका काकाको गुनासो छ । उनले भने हामीलाई कानुनी न्याय दिए चाहिएको छ तर प्रहरी आलटाल गर्दै दुख दिदै छ ।
वडासदस्य अग्नी प्रसाद लिम्बूले आफु घटना भएको समयमा संगै रहे पनि घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन । स्थानीय युवाहरुले घटना घटाएको तर सो विषयमा दुवैतर्फको छलफल गरि मैखिक मिलापत्र भएको बताए । उपचारमा ७० हजार खर्च भै सकेको छ । आफ्नो संलग्नता छैन भन्ने वडा सदस्यले ४० हजार खर्च बेहोरेको र आवश्यक उपचार पनि गरिरहेको बताए ।


















