साइनो समाचारदाता
काठमाडौं । गायक तथा मोडल दुर्गेश थापा चर्चा र बिबादमा पनि आइरहन्छन् । युवापुस्तामा रुचाइएका गायक दुर्गेश बेलाबेला बिबादमा तानिएपनि उनका फ्यानहरुको सङख्या दिनानुदिन बढ्दो छ । पछिल्लो समय उनी एउटा गितका कारण चर्चामा आए ।
शनिबार सार्वजनिक भएको गायक थापाको नयाँ गित ‘बिच्च बिच्चमा ३’ अहिले भाइरल बनेको छ । भिडियोका उनि महिला पहिरनमा देखिदा पहिरनका कारण केही बिबादमा आए पनि गित भने निरन्तर ट्रेण्डिङमा परिरहेको छ । शनिबार बेलुका ४ बजे अपलोड भएको सो गित २४ घण्टा नपुग्दै ट्रेण्डिङको ७ औँ नंबरमा परेको छ ।
बसन्त थापाको शज्द तथा संगित रहेको उक्त गितलाई कृष्ण वि.कले एरेन्ज गरेका हुन् । गितमार्फत थापाले नेपालको पछिल्लो राजनितिक घटनाक्रम र त्यसबाट जनतामा रहेको आक्रोशलाई समेत प्रश्तुत गरेका छन् । कोरोनाले मृत्यु भइसकेपछि मात्र रिपोर्ट आउने गरेको भन्दै उनले सरकारलाई ब्यङ्ग्य गरेका छन् । त्यस्तै उनले वाइडबडी तथा ३३ किलो सुनको प्रशंग कोट्याउदै अपराधिलाई बचाइएकोमा प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीले गम्भीर भएर सोच्नुपर्ने कुरालाई समेत मजाकका रुपमा उडाउने गरेपछि उनले संसद भवनलाई कमेडियन स्कुलको संज्ञा दिएका छन् । पछिल्लो समय प्रधानमन्त्रीले कोरोनाको औषधी बेसार भनेपछि प्रधानमन्त्रीको उक्त भनाइ चर्चामा आएको थियो । सो प्रशंगलाई समेत गितमा प्रश्तुत गरिएको छ । त्यस्तै जाजरकोट घट्नालाई समेत जोड्दै उनले छुवाछुत र सामन्तवादको नारा लिएर चुनाव लडेकाहरुले अहिले जनताको मतको कदर नगरेको ब्यङ्ग्य समेत गरेका छन् ।
भिडियो हेर्नुहोस :
















