चिनिया राष्ट्रपति सी जीनपिङलाई कोरोना संक्रमणका विषयमा सहयोग गर्न आब्हान गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले लेखेको चिठ्ठी विवादमा आएको छ । दाहालले लेखेको चिठ्ठीमा कुटनीतिक र भाषागत कमजोरी भएको भन्दै चिठ्ठी सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । कतिपयले चिठ्ठीमा रहेका कमजोरीहरु देखाउदै सामान्य भाषागत ज्ञानको समेत प्रयोग नभएको टिप्पणी गरेका छन । सामान्यतया सरकार प्रमुख र राष्ट्रप्रमुखले पत्र लेख्ने प्रचलन भएपछि दाहालले लेखेको पत्रलाई कतिपयटले कुटनीतिक कच्चापनको संज्ञा समेत दिएका छन । पत्रमा २० भन्दा बढी ठाँउमा भाषागत त्रुटि समेत भेटिएको छ । यो पत्र चार दिन अघि पठाइएको बताइएको छ । यसअघि भेनेजुएला सरकारलाई दाहालले पठाएको चिठ्ठी पनि विवादमा आएको थियो ।

















