साइनो समाचारदाता
काठमाडौँ । सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयनमा कुनै पहल नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले पुनः सत्याग्रह थालेको छ ।
आजबाट काठमाडौंको बसन्तपुरमा अभियन्ता इशान अधिकारी ई सत्याग्रहमा बसेका हुन । एक सातामा कार्यान्वयन गर्ने भनिएको १२ बुँदे सहमति १२ दिन बितिसक्दा पनि पूरा नभएपछि पुनः सत्याग्रह थालिएको अभियानले जनाएको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास प्रभावकारी बनाउन, नागरिकको जीवन रक्षा, कोरोना भाइरसको परीक्षण शतप्रतिशत पीसीआर विधिबाट गर्ने निर्णय कार्यान्वयन नभएको अभियानले जनाएको छ ।।
















