साइनो समाचारदाता
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पहिरोमा परि घाइते भएकाहरुलाई स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पौडेलले गण्डकी मेडिकल कलेज पोखरामा पुगी तनहुँको व्यास नगरपालिका– ९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका– ८ पल्ट्याङका दधिसरा थापाको स्वास्थ्य अवस्थाका बारेमा पौडेलले जानकारी लिएका हुन् ।
घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनको स्वकिय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए । आइतबार राति गएको पहिरोमा परी तनहुँमा ११ जनाले ज्यान गुमाएका थिए । समा दधिसरा र केशरले पनि परिवारको सदस्य गुमाउनु परेको थियो ।
















