साइनो समाचारदाता
केराबारी । अविरल वर्षासँगै आएको पहिरोमा परी केराबारी गाउँपालिका–२ सिंहदेवी मोरङकी एक महिलाको मृत्यु भएको छ ।
शनिबार राति पहिरोले घर बगाउँदा स्थानीय ५८ वर्षीय धनकुमारी आङबो लिम्बुको मृत्यु भएको थियो । भौगोलिक बिकटताका कारण घटनास्थलमा प्रहरी सोमबार मात्र पुगेको थियो । पहिरोले लिम्बूको घर र दुई वटा गोठ पनि बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।