प्रदेश १ मा ६ सय ४ जना डिस्चार्ज - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

प्रदेश १ मा ६ सय ४ जना डिस्चार्ज

साइनो समाचारदाता

विराटनगर । कोभिड १९ बाट संक्रमित प्रदेश १ का ८८ जनामहिलासहित ६ सय ४ जना डिस्चार्ज भएको छन् । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रन्त्रपरिषद्को कार्यालयले प्रदेश नं. १, विराटनगरले कोभिड १९ वारे प्रदेशभरको जानकारी सो कुरा बताएको हो । डिस्चार्ज मध्ये झापाबाट २ सय ५८ र मोरंगबाट १ सय ५६ जना घर फर्किएका छन् ।

प्रदेश १ मा आज ३३ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत ३३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा झापाका २०, मोरंगका ५, संखुवासभाका ३, सुनसरी र खोटाङका २–२ र ताप्लेजुङका १ पुरुष डिस्चार्ज भएका हुन ।

प्रदेशभर हालसम्म १ सय १९ महिला र ६ सय ११ पुरुषसहित ७ सय ३० जना संक्रमित भएका छन् । सबैभन्दा बढी झापामा २ सय ९८ जनामा संक्रमण देखिएको छ । मोरंगमा १ सय ९० जनामा कोरोना पोजिटिप देखिएको छ । मोरंग प्रदेशभरमा बढी कोरोना संक्रमित हुने संख्याहरुमा दोस्रो नम्बरमा आउछ ।
सोमबार प्रदेश १ मा ६ जना संक्रमित थपिएका छन् । सुनसरीको रामधुनीका १ पुरुष, झापाको गौरीगञ्जका ३ पुरुष र दमकका १ पुरुष र मोरङको कटहरीका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर