साइनो समाचारदाता
विराटनगर । मोरङको रंगेली नगरपालिका वडा नं – ८ स्थित चिसाङ खोला किनारमा एक पुरुषको शव भेटिएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा अन्दाजी ४०÷४५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । आइतबार राति भेटिएको शवको पहिचान हुन बाँकी छ ।
अहिलेसम्म चिनजानका कोही पनि सम्पर्कमा नआएको र शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दाहालले दिए ।
















