साइनो समाचारदाता
नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १५स्थित वनकट्टी खोलामा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रविण विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
३ जना साथी मिलेर माछा मार्न खोलामा गएका र सुरुमा प्रविण चिप्लिएपछि तत्काल उनलाई बचाउन पसेका सुधिरलाई खोलाले बगाएपछि मृत्यु भएको थियो । अर्का बचेका साथीले स्थानीयलाई खबर गरेपछि प्रहरीले ३ घण्टापछि शव फेला पारेको हो ।

















