साइनो समाचारदाता काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी प्रधान कार्यालयमा पुगेरै बधाई दिएका छन् ।
प्रहरी हेडक्वार्टरमा शुक्रबार भएको भेटमा थापाले सफल कार्यकालको शुभकामनासहित बधाइ दिएका हुन् । भेटमा दुई संगठन बीच आपसी हित, सहकार्य र समन्वयबारे समेत छलफल भएको थियो ।
















