काठमाडौं, २४ असार/
याक्थुङ कल्चरल ग्रुप (याक्थुङ साक्थिमिवा सयङ) द्वारा आयोजित पहिलो विश्वव्यापी अनलाइन पाःलाम् प्रतियोगितामा ५० प्रतियोगी प्रवेश गरेका छन । जेष्ठ ३२ गते सम्म प्राप्त ३५२ बटा पाःलाम् मध्ये ५० पाःलाम् चुम्लुङ चरण (पहिलो) बाट फक्ताङ्लुङ चरण (दोस्रो)मा प्रवेश गरेका छन ।
३५२ प्रतियोगीलाई पछि पार्दै ५० प्रतियोगिता दोस्रो चरणमा प्रवेश गरेका हुन । भिडियोको लाईक, सेयर र निर्णायक भोटबाट उक्त निर्णय सार्वजनिक गरेको निर्णायक यासेली योङहाङले फेसबुक लाइभ मार्फत सार्वजनीक गरेका थिए ।

प्रतिस्पदीले ४ चरण पार गर्दै साउन २२ गते हुने फाईनलमा विजेता बन्नेछन । दोस्रो चरण (फक्ताङलुङ चरण) प्रवेश गर्ने प्रतियोगीहरूले २०७७ असार २७ गते बिहान ११ बजे भित्र आफ्नो पहिलेको भन्दा फरक नयाँ भाकामा नयाँ पाःलाम् भिडियो पठाइ सक्नु पर्ने छ ।
फक्ताङलुङ चरणमा अजय तुम्रोक, अनुपा लिम्बू, अरुण काम्बाङ, इन्दिरा नेम्बाङ, इसाम लिम्बू वजी, कुमार विक, गरीमाया लिम्बू, चन्द्रकुमार आङ्देम्बे, चेसुङ इलामेली अमर, जनरानी चेम्जोङ, जानुका श्रेष्ठ मगर, जितमाया वनेम फागो, जीवन केदेम, टेकराज तिगेला, डीबी लिम्बू जबेगु, थानाहाङ तिगेला प्रवेश गर्नेका छन ।
त्यसैगरी अन्य छानिएका प्रतियोगीहरूमा दुर्गा तुम्सा, दुर्गा सेर्मा, देवमान मावुहाङ, देवेन चेम्जोङ, देवेन्द्र देवेन्द्रकुमार तुम्रोक, देश थलङ याक्थुङ्बा, धनकुमार माङ्देन, धनकुमारी पंधाक खापुङ, धनराज लिङ्दम, धनु याक्खा, नरमाया पंधाक, निलिमा साम्पाङ राई, नुमा नेयोङ, नैनकला आङेदेम्बे, पदमप्रसाद सम्बाहाम्फे, पेपराज मावुहाङ, बम विरही कुलुङ राई, भीमा सावादेन, मति हुक्पाचोङबाङ, मुक्ति इधिङ्गो, रानी चोङबाङ, रूपलाल खाम्धाक, विक्रम येक्तेन, शान्तिराम खरेल, शिवकुमार सम्बाहाम्फे, शुशिला कुरुम्भङ लिम्बू, सन्तोष लावती, सरुना लिम्बू, साँगुले ठूले, सुनिता लाबुङ, सुनिता संयक, सुमन लिम्बू, सुरोज याक्थुङ्बा, हर्क सिंगक रहेका छन ।
फक्ताङलुङ चरणका ५० सहभागीहरुबाट साउन २ गते साम्लो लुङ्धुङ (तेस्रो) चरणमा २० जना प्रवेश गर्नेछन । उक्त साम्लो लुङ्धुङ (तेस्रो) चरण प्रवेश गरेकाले साउन ४ गते सम्म नयाँ पाःलाम पठाई ११ गते मेन्छ्यायेम (चौथो) चरणमा १० जना प्रतियोगी २२ गते हुने फाईनमा प्रवेश गर्ने छन ।
उक्त भिडियोहरुको सामाजिक सञ्जालबाट आउने प्रतिक्रियालाई जोडी साउन २२ अन्तिम नतिजा सार्वजनिक गरिने आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार सहित एक पाःलाम् रेकर्ड, दोश्रो र तेस्रो हुनेले नगद ४० र ३० हजार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन ।
कार्यक्रमबाट लोकप्रिय पुरस्कार (पब्लिक च्वाइस), उत्कृष्ट शब्द, उत्कृष्ट गैरलिम्बू पुरस्कार, उत्कृष्ट जेष्ठ उमेर समूह पुरस्कार, उत्कृष्ट कम उमेर समूह पुरस्कार एक जनालाई नगद रू. १० हजार र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
















