
साइनो समाचारदाता
पथरी । पशुपन्छी शाखा, पथरी शनिश्चरे नगरपालिकाले माछापालन गर्दै आएका कृषकहरुलाई तीन लगाएर तालिम दिएको छ ।

नगरपालिकाको दशै वडाका ३३ जनालाई व्यवस्थित माछापालन पाल्न सिकाएको हो । पशुपन्छी शाखाका प्रमुख हेमचन्द्र दाहाल, पशु सेवा केन्द्रका प्रमुख पर्वत शाह, गणेश शिवाकोटी, गुणराज थापाले सहजीकरण गरेको तालिम समुन्नत पशुपन्छी तथा माछापालन, सम्पन्न किसान समृद्ध नगर नाराको साथ भएको थियो । तालिममा सहभागीलाई माछा पालनका लागि आवश्यक चुना, पोटास, भिअक्स सहितका सामग्री वितरण समेत गरिएको थियो । पशु सेवा केन्द्र पथरी शनिश्चरे ६ केचनामा भएको तालिम असार २१ गतेदेखि २३ गतेसम्म भएको थियो ।
















