साइनो समाचारदाता काठमाडौं । नेपालमा तेह्रथुमसहित चारवटा जिल्ला कोरोना फ्री रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना फ्री जिल्लामा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला रहेका छन् । मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले ति चार जिल्ला कोरोना फ्री भएको बताए । उनका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।
















