साइनो समाचारदाता
ललितपुर । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवामा कोरोना पोजेटिभ देखिएको छ। अस्पतालका निर्देशक डा. विष्णु शर्माले मृतक ती पुरुषमा कोरोना भाइरज पोजिटिभ देखिएको जानकारी दिए ।
गोरखाको भीमसेन गाउँपालिका २ का २७ वर्षीय ती युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना गरेका थिए । सोमबार राती १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। मृतकको शव व्यवस्थापन कार्य नेपाली सेनाको राजदल गणको टोलीले गर्ने भएको छ।
















