साइनो समाचारदाता । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो । भोलि बुधबारबाट अहिलेका आइजिपी ठाकुर ज्ञवालीले अवकास पाउँदैछन्। उनी ३० वर्षे सेवा अवधिका कारणले नियमित अवकासमा बस्न लागेका हुन्।
सरकारले एआइजीहरूमध्येबाट नयाँ आइजिपी नियुक्त गर्दैछ । एआइजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना आइजिपी हुनेछन् । उनीहरूमध्ये जो आइजिपी भए पनि २२ महिना सेवा गर्नेछन् । अहिलेका आइजिपी ज्ञवाली पाँच महिना मात्रै उक्त पदमा रहे। उनी गत माघमा आइजिपी भएका थिए।
















