साइनो समाचारदाता
इटहरी । पौडी खेल्ने क्रममा डुबेर सुनसरीमा एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका ७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको हो ।
सोमवार दिउँसो सवा २ बजेको समयमा उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















