साइनो समाचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे ७ मा कोभिन १९ (कोरोना) विरुद्धको १८ वटा सचेतना बोड राखिएको छ । चेतना मुलक बोडको १९ गते शुक्तवार संसद सुयर्माराज राई र शेखर चन्द्र थापाद्धारा बोडको सार्वजनीक गरिएको छ ।

सम्सद बिकास कोष अन्तर्गतको बजेटमा हाम्रो युबा समाज किर्तिपुरले नगरका १८ स्थानमा कोरोना विरुद्धको संचेतना बोड राखेको हाे । प्रदेस सांसद सुयर्माराज राई र शेखर चन्द्र थापाद्धारा नगरबासीलाई सचेत गराउने योजना ल्याएको हाम्रो युबा समाज संयोजक लोककिरण न्यौपानेले बताए ।
वोड सार्वजनीक कार्यक्रममा संसद राई र थापाले केएन ९५ माक्स ४ सय पिस र सेनिटाईजर समेत वितरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै संसद राईले यो महामारीमा सबैले एकले अर्कालाई सरसहयोग गर्दै सुरक्षीत रहन आग्रह गर्नु भयो । कार्यक्रममा वडाध्यक्ष कपिलमणि ढकालले उक्त कार्यले वडा बासीमा सुरक्षीत रहन मदत गर्ने भन्दै कार्यक्रमको शुभकामना दिनु भएको थियो ।

















