
साइनो समाचारदाता
कञ्चनपुर । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुरका एक वडा अध्यक्षलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई पक्राउ गरेको हो । अध्यक्षलाई मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेको अभियोग लगाइएको छ।४३ वर्षीय नाथ नेकपा (एमाले)बाट ८ सय १० मत प्राप्त गरी विजयी भएका थिए । मदिरा सेवन गरेर दुर्व्यवहार गरेको आरोप लागेपछि वडाध्यक्षलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर थापाले बताए । प्रहरीले आरोपित वडाध्यक्षलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ । घटनाबाट रुष्ट स्थानीयले इलाका प्रहरी कार्यालय, ब्रह्मदेव घेराउ गर्दै नाराबाजी गरेका गरेका थिए ।
















