प्राचीन नाम मुक्कुम्लुङ पुनः स्थापित गर्ने निर्णय
साइनो समाचारदाता
ताप्लेजुङ । जिल्लामा क्रियाशिल सङ्घसस्थाको बृहत भेलाले संयुक्त मुक्कुमलुङ सङ्घर्स समिति गठन गरेको छ। समितिको संयोजकमा श्री लिङ्खिम, सदस्य सचिबमा रबिन पतङ्वा सहित १ सय १ सङ्घर्स समिति सर्वसम्मत् चयन गरेको हो । समितिमा विभिन्न थरगत सयङ, सामाजिक संघ सस्थाका प्रतिनिधिहरु रहेका छन् । भेलाले प्राचीन नाम मुक्कुम्लुङ पुनः स्थापित गर्ने निर्णय गरेको छ।
आदिवासी लिम्बुहरुको पुर्खौली भूमि थातथलो याक्थुङ भाषामा रहेको मुक्कुमलुङ नामलाई कथित रुपमा पाथीभरा नाम राखी पहिचान र अस्तित्व नै नामेट गर्ने कार्यको घोर बिरोध गर्दै समिति गठन गरिएको संयोजक श्री लिङ्खिमले जनाए ।

















