बिपन्न परिवारले राहत पाएपछि दङ्ग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

बिपन्न परिवारले राहत पाएपछि दङ्ग

साइनो समाचारदाता

उर्लाबारी । सुर्यमुखी जस्तै डम्बर बहादुर माझी पनि राहत पाएपछि निक्कै खुशी देखिन्थे । उनले भने, राहत पाउने भनेर धेरैबाट आश्वसन पाईयो तर कहिकतैबाट मिलेको थिएन, तर राहत घर आगनमै ल्याईदियो धन्यवाद दिन चाहान्छु । राहत पाएपछि उर्लाबारी—९ की सुर्यमुखी सन्थालले खुशी प्रकट गरिन् । अर्काको खेतीपाती गएर जिवीकोपार्जन गरिरहेकी उर्लाबारी—९ की सुर्यमुखी सन्थालले राहतले राहतले दुख बिराम पर्दा सजिलो हुने, काम गरेर कमाएको खर्च बचत बताइन् ।

माझी, सन्थाललगायत उर्लाबारी—९ स्थित आम्बारी, भोटेपूल र सेम्बु टोलका ३० घरपरिवारले राहत पाएपछि निक्कै सुखी देखिन्थे । जारी लकडाउनको कारण समस्यामा परेका अति विपन्न परिवारलाई उर्लाबारीस्थित केवीआई फाउण्डेसन नेपालले राहत बितरण गरेको छ । प्रत्येक घरपरिवारलाई २५ केजी चामल, नुन तेल, साबुन, स्वाईबिनलगायत सामाग्री बितरण गरेको संस्थाका सदस्य लोलिम पोमुले जानकारी दिए । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको पोमुले बताए । राहत वितरण कार्यक्रममा संस्थाका योबाहाङ तुम्बाहाम्फे, रुद्र सुब्बा,समाजसेवी कुरुराज आङबुहाङ, प्रकाश कन्दङ्वा, वीरबहादुर सेम्बुलगायतको उपस्थिति रहेको थियो ।

बाहिर देशमा रहनुभएका भीम पन्धाक, लक्ष्मी खापुङ ईन्द्र र कसल लिम्बूको अगुवाई र नेपालमा रहेका प्रतिनिधिहरुको संयोजनमा राहत वितरण भएको हो । कार्यक्रमको व्यवस्थापन गरेका योवाहाङ तुम्बाहाम्फेले केवीआई फाउण्डेसनले उर्लाबारीमा समाजिक गतिविधि गर्दै आएको जानकारी दिए । संस्थाले बिशेषत खेलकुद र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको तुम्बाहाम्फेको भनाइ छ । केवीआई फाउण्डेसन नेपाल गाउँटोलवाशीको दुखसुखमा साथमै रहेको बताउँदै संस्थाका भीम पन्धाकले कार्यक्रम व्यवस्थित र सभ्य रुपमा सम्पन्न भएकोमा खुशी लागेको बताए । संस्थाका अध्यक्ष ईन्द्र खापुङ संस्थामा सदस्यता बिस्तार गर्दै सामाजिक कामलाई अझ व्यापकता दिईने लक्ष्य रहेको सुनाएका छन् । राहत वितरण कार्यक्रममा संस्थाका योबाहाङ तुम्बाहाम्फे, रुद्र सुब्बा,समाजसेवी कुरुराज आङबुहाङ, प्रकाश कन्दङ्वा, वीरबहादुर सेम्बुलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर