साइनो समाचारदाता
काभ्रे । बाग्मती प्रदेशको काभ्रेमा बुधबार दाजुभाइको ज्यान गएको छ ।
धुलिखेल २ मा भएको टिपरको टक्करबाट ५० वर्षीय वेदप्रसाद कोइराला र ५५ वर्षीय गोवर्द्धन कोइरालाको मृत्यु भएको हो । कोइरालाद्धय सहोदर दाजभाइ हुन् । मृतक वेदप्रसाद सव डिभिजन वन कार्यालय कटुञ्जेका वन रक्षक थिए । बा ३६ प ५०५२ नम्बरको मोटरसाइकलमा सवार कोइराला दाजुभाइलाई सोही दिशातिर गइरहेको बा ४ छ ६३८३ नम्बरको टिपरले ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिने टिपरलाई चालकले नालीमा खसालेर फरार छन् । घटनाको बारेमा अनुसन्धान प्रहरीले थालेको छ ।
















