सर्वाधिक रुचाइएको टिकटक पुरस्कृत(हेर्नुहोस् भिडियो) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सर्वाधिक रुचाइएको टिकटक पुरस्कृत(हेर्नुहोस् भिडियो)

 

दिलकुमार लावती

दमक । फुःलेन्देको बाउ उपनामले परिचित मौसम लिम्बूद्वारा आयोजित २ महिने अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिता इलाम माङ्सेबुङ् गाउँपालिकाकी युनिशा साँबाले जितिन् । प्रथम पुरस्कार विजेता साँबाले नगद २० हजार हात पारिन् ।

विश्व नै कोरोनाबाट आक्रान्त बनेको बेला गत वैशाख १५ गतेबाट फूलन्देको बाउ नामको फेसबुक पेजको एडमिनबाट संचालन भएको टिकटक प्रतियोगिता असार १५ गते साँझ सम्पन्न भएको हो । प्रतियोगिताको दोस्रो पुरस्कार धरान–१० की हाङ्सु आङबुहाङ् र तेस्रो पुरस्कार शिवसताक्षी, झापाका समिर जवेगुको ग्रुपले हात पारेका छन् । दोस्रोले १० हजार र तेस्रो विजेताले ७ हजार ५ सय रुपैयाँ प्रात गरेका छन् ।

सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ भने मिक्लाजुङ्, पाँचथरका ओसिन आङ्देम्बे लिम्बुको समूहले प्राप्त गरेका छन् । त्यसैगरी जुरी तर्फ ३ वटा समूहहरु लिम्बू ब्वाईज ग्रुप, भारत, सिक्किमलाई सर्वोत्कृष्ट टिकटक नृत्य, दिलमाया पन्धाक लिम्बू समूह बुद्धशान्ति झापालाई सर्वोत्कृष्ट कोरियोग्राफी र तुलसा नेम्बाङ्को समूह पथरीशनिश्चरे, मोरङ्लाई सर्वोत्कष्ट टिकटक भिडियो घोषणा गरी प्रत्येक समूहलाई १० हजार रुपैयाँ र तेह्रथुमे ढाका बुटिक नखिपोट ललितपुरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

टिकटिक प्रतियोगितालाई प्रोत्साहन गर्न विभिन्न व्यक्तित्वहरुले नगद प्रायोजन गरिएका आयोजक मौसम इम्बुङ्ले बताएका छन् । बेलायतमा कार्यरत नेम खापुङ् र एन जे माबोहाङ्बाट ५९ हजार नगर सहयोग गरिएको प्रतियोगिताका लागि तेह्रथुमे ढाका बुटिकबाट मायाको चिनो, इजारायलबाट नुमा काङ्भा र आईतरानी फाउण्डेशनका गायक, संगीताकार सुजन तिगेला र हङ् कङ् मा कार्यरत चिना वनेमद्वारा गैर लिम्बू प्रतियोगी सम्पूर्णलाई मायाको चिनो प्रदान गर्ने भएको छ ।

लिम्बू भाषा, संस्कृतिको जगेर्नासँगै सांस्कृतिक रुपान्तरण हाम्रो अभियान भन्दै शुरु गरिएको अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताले संसारभर छरिएर रहेका भाषाप्रेमीहरुलाई सामाजिक संजाल मार्फत भेट्ने अवसर मिलेको कार्यक्रमका आयोजक कलाकार तथा निर्देशक मौसम इम्बुङ् फूरुलेन्देको बाउले बताएका छन् । प्रतियोगितामा ५ सय भन्दा धेरै टिकटकहरु मध्येबाट १ सय पचहत्तरवटा टिकटकहरु अपलोड् भएका थिए । टिकटक अपलोड भएको १ महिना अवधिमा सबैभन्दा धेरै लाईक, सेयर र भ्यूज पाउने भिडियो नै विजेता बनेका हुन् ।

अन्तिम नतिजा!
(लिम्बू भाषाका गित हरुमा अन्तर्राष्ट्रिय टिकटक भिडियो प्रतियोगिता-२०७७)
मिति २०७७ साल असार १५ गते सोमबार।
सम्पुर्ण विजेता हरुलाई हार्दिक बधाई!
#प्रथम पुरस्कार विजेता
युनिशा साँबा लिम्बु
माङसेबुङ गाँउपालिका ३ ईलाम,
हाल काठमाडौं नेपाल।
नगद पुरस्कार नेरु:-२०,०००
बीस हजार रुपैयाँ मात्र।
(नतिजा प्रकाशनको स्क्रिन सट अगाडि नै प्रकाशन भै सकेको छ कृपया)
#द्वितीय पुरस्कार विजेता
हाङसु अाङबुहाङ लिम्बू,
धरान उपमहानगरपालिका १० सुनसरी,हाल सिङगापुर।
नगद पुरस्कार नेरु १०,०००
दस हजार मात्रै।
(नतिजा प्रकाशनको स्क्रिन सट अगाडि नै प्रकाशन भै सकेको छ कृपया)
#तृतीय पुरस्कार विजेता
समीर जबेगु लिम्बू र समुह,
सिवसताक्षी नगरपालिका ९ दुधे झापा नेपाल।
नगद पुरस्कार नेरु ७,५००
सातहजार पाँच सय मात्रै।
(नतिजा प्रकाशनको स्क्रिन सट अगाडि नै प्रकाशन भै सकेको छ कृपया)
#सान्त्वना पुरस्कार विजेता
अोसिन अाङदेम्बे लिम्बू र समुह,मिक्लाजुङ गाँउपालिका १ साराङडाँडा पाँचथर,हाल ईलाम नेपाल।
नगद पुरस्कार नेरु ५,०००
पाँच हजार मात्रै।
(नतिजा प्रकाशनको स्क्रिन सट अगाडि नै प्रकाशन भै सकेको छ कृपया)
जुरी पुरस्कार तर्फ:-
सर्वोत्कृष्ट टिकटक #नृत्य
विजेता
लिम्बू ब्वाईज ग्रुप,
यक्सुम पश्चिम सिक्किम भारत।
नगद पुरस्कार नेरु १०,०००
दस हजार मात्रै ।
साथमा तेह्रथुमे ढाका बुटिक नखिपोट मिलनचोक ललितपुरको तर्फ बाट गिफ्ट ह्याम्पर।
सर्वोत्कृष्ट टिकटक #कोरियोग्राफी विजेता
दिलमाया पंधाक लिम्बु र समूह
बुद्धशान्ति गाउपालिका ४,
झापा नेपाल ।
नगद पुरस्कार नेरु १०,०००
दस हजार मात्रै।
साथमा तेह्रथुमे ढाका बुटिक नखिपोट मिलनचोक ललितपुरको तर्फबाट गिफ्ट ह्याम्पर।
सर्वोत्कृष्ट टिकटक #भिडियो
तुलसा नेम्बाङ र साथीहरु,पथरी शनिश्चरे नगरपालिका १ मोरङ नेपल।
नगद पुरस्कार नेरु १०,०००
दस हजार मात्रै।
साथमा तेह्रथुमे ढाका बुटिक नखिपोट मिलनचोक ललितपुर को तर्फबाट गिफ्ट ह्याम्पर।
बितरित पुरस्कार राशी जम्मा नेरु ७२,५००
बहत्तर हजार पाँचसय रुपैयाँ मात्रै ।
नगद प्रायोजन:-
नेम खापुङ र एन जे माबोहाङ ज्यु बाट नेरु ५९००० उनन्साठी हजार, फु?लेन्देको बाउ बाट नेरु १७००० जम्मा ७६००० जम्मा ७६ हजार।
३५०० स्टेसनरी तथा हुण्डी खर्च।
नोट,
यो पुरस्कार को लागि विजेता हरुले अाफ्नो अाधिकारिक अाईडी लिएर तेह्रथुमे ढाका बुटिक नखिपोट मिलनचोक ललितपुर नेपालमा सम्पर्क राख्नु होला!
धन्यवाद!
अायोजक/एडमिन
मौसम ईम्बुङ लिम्बू
(फु?लेन्देको बाउ
https://www.youtube.com/watch?v=o1ZsU1U88Zc

सम्बन्धित खवर