साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घन्टामा ४ सय ३४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। यो सँगै ज्यान गुमाउनेको संख्या २६ पुगेको छ। संक्रमितमध्ये २ हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन्। पिसिआर मेसिनबाट १ लाख ९९ हजार ७ सय ३७ परीक्षण गरिएको छ भने ७४ हजार २२ जना अझै क्वारेन्टिनमा छन्।
















