साइनो समाचारदाता
पथरी । कोरोना कोभिड १९ ले विश्व प्रभावित भइरहेको बेला केही घर भाडा लिएर बसेर व्यवसायी गर्ने व्यवसासीहरु कति संकटमा परेका होला ? त्यसको मध्य नजर गर्दै केही घरधनीले घरभाडा नलिने घोषणा गरी उदाहरणीय काम गरेका छन् ।

नरहाङ राई
मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका १ मन्दिरलाइन निवासी नरहाङ राईले लकडाउन अबधिभरको कोठा भाडाको रकम नलिने घोषणा गरेका छन् । पथरीशनिश्चरे नगरपालिका १ यलम्बर चोक निवासी रत्न साउदेनले २ महिनाको भाडा छुट दिने बताएका छन् । त्यस्तै नगरपालिका लाईन निवासी दुर्गाप्रसाद भट्टराई र रामबहादुर रायमाझीले १/१ महिनाको भाडा छुट दिने भए जनाएका छन् ।

















