साइनो समाचारदाता
पथरी । प्रदेश नम्बर १ मा हाल सम्ममा ओखलढुंगा जिल्ला बाहेक सबै जिल्लाहरुमा कोरोना (कोभिड १९)संक्रमण देखिएको छ । संक्रमित बढेसँगै प्रदेश १ मा संक्रमितको संख्या ४ सय १९ पुगेको छ ।
सबै भन्दा बढी झापामा १ सय ७८, त्यसपछि मोरङमा १ सय ३ जना संक्रमित रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याँलय विराटनगरले जनाएको छ । सुनसरीमा ६२ जना,, धनकुटामा ८ जना, भोजपुरमा ६ जना, खोटाङमा ४ जना, उदयपुरमा ४७ जना, सोलुखुम्बु र पाँचथरमा १÷१ जना, संखुवासभामा, तेह्रथुम, इलाममा २÷२ जना र ताप्लेजुङमा ३ जनालाई संक्रमण पुष्टि भएको हो । मन्त्रालयका कानुन सचिब भरतमणी रिजालका अनुसार ४ सय १९ संक्रमित मध्ये ३० महिला र ३ सय ८९ जना पुरष रेहका छन । हालसम्म १३ महिलासहित २ सय २४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हेर्नुहोस् तथ्याङ्क

















