समाधि स्थल भत्काएकोमा विरोध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

समाधि स्थल भत्काएकोमा विरोध

साइनो समाचारदाता

तेह्रथुम । पूर्वी पहाडी जिल्ला तेह्रथुमको फेदाप गाउँपालिका वडा नंं १ मा रहेको पोक्लाबाङ स्थित लिम्बू समुदायको समाधिस्थल भत्काइएको विषयमा स्थानीयले विरोध जनाएको छ ।

कपिल निङ्लेकुको संयोजकत्वमा बनेको आदिवासी याक्थुङ लिम्बु समाधि स्थल चिहान संरक्षण सङ्घर्ष समिति गठन गरी बुधवार गाउँपालिकामा ज्ञापन पत्र बुझाउन जाँदा गाउँपालिकाले ज्ञापन पत्र बुझ्न मानेन ।

पोक्लाबाङमा रहेको लिम्बु जातिको परापुर्वकाल देखि समाधि स्थलकोरुपमा प्रयोग हुँदै आएको क्षेत्रमा विकासको नाममा समाधीस्थलमा डोजर चलाउँदा १ हजार भन्दा बढी समाधि स्थल भत्किएर मानव कङ्काल र हण्डीहरु बाहिर निस्किएको थियो ।लिम्बु जातिको समाधि स्थल भत्किने गरी गाउँपालिकाले त्यस्तो कार्य नगरेको र सहरी विकास आयोजनाले गरेको भन्दै ज्ञापन पत्र नबुझिएको बताइएको छ ।

ज्ञापन पत्रमा जेठ २६ गतेका दिन रातीको समय पारी गाउँ पालिकोको बजेटमा याक्थुङहरूको पोक्लाबाङ स्थित समाधि स्थल चिहानमा डोजर लगाइएकोमा यो समिति खेद व्यक्त गर्दछ भनी उल्लेख गरिएको छ ।

यस्तो थियो समितिको मागहरू

१ आदिवासी याक्थुङ (लिम्बू) सांस्कृतिक स्थल चिहान सहरी विकास कार्यालयको लगानी र गाउँ पालिकाको समन्वयमा भत्काइएकोले गाउँ पालिका सरकारद्वारा आदिवासी याक्थुङ (लिम्बू) समुदायसँग लिखित माफी मागियोस् ।

२ भत्किएका चिहानलाई अविलम्ब १५ दिन भित्र जस्ताको तस्तै पुरुष भए ४ तला र महिला भए ३ तला डुङ्गाको चिहान एवम् कपुर थान भए कपुर थानको रूपमा जस्ताको तस्तै निर्माण गरियोस् ।

३ आदिवासी याक्थुङहरूको मुन्धुम र विस्थापन अनुसार व्यक्तिको आत्मा नमर्ने भएकाले जीवित आत्मामाथि राज्यको डोजर लगाइएकाले डोजर लगाइएका चिहान पहिचान गरी सहिद घोषणा गरियोस् ।

४ सहिद घोषणा गरिएका आत्मासँग सम्बन्धित चिहान पहिचान गरी उनीहरूको सन्ततिलाई उचित क्षतिपूर्ति उपलब्ध गराइयोस् ।

५ आगामी दिनमा आदिवासी याक्थुङ लिम्बूको चिहान नभत्काइने लिखित प्रतिबद्धता गाउँपालिका सरकारबाट व्यक्त गरियोस् ।

६ आईएलओ महासन्धि १६९ र आदिवासीहरूको अधिकारकालागि संयुक्त राष्ट्र सङ्घीय बडापत्र कार्यान्वयनको लागि लिखित प्रतिबद्धता जाहेर गरियोस् ।

 

त्यस्तै तेह्रथुम जिल्ला फेदाप १ साविक सिम्ले गाविस वडा नं. ५ औंसीबजार स्थित हेलीप्याड निर्माण गर्ने नाउमा निङलेकु र पंयाङ्गु लिम्बुहरुको समाधि स्थललाई नष्ट पार्ने कार्य भईरहेको प्रति लिम्बु विद्यार्थी मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनााएको छ ।

नेपालको संविधान २०७२ ले प्रदान गरेको भाषा तथा साँस्कृतिक संरक्षण सम्बन्धि मौलिक हक विरुद्ध सरकार आफै सहभागी हुनु दुःखद र अत्यन्तै भत्सना योग्य कार्य भएको लिवि मञ्चको ठहर छ । स्थानीयवासी तथा सरोकारवाला संघ सस्थाहरुको सहभागिता र सहमतिमा आवश्यक क्षतिपुर्ति र उप्रान्त यस्तो कार्य नदोहा¥याउने गरी विवादलाई समाधान गर्न सम्वन्धित पक्षहरुसग अनुरोध गरिएको छ ।

सम्बन्धित खवर