साइनो समाचारदाता । तनहुँमा थप पाँच जना पुरुषमा कोरोना संक्रमणको पुष्टि देखिएको छ । जिल्लाको घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका, ४६, ४५, २७, २७ र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २०४ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । डा. शर्माले दिएको जानकारी अनुसार संक्रमितहरुलाई तनहुँकै शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रस्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ । यसअगाडि तनहुँका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
















