साइनो समाचारदाता पथरी/
मोरङको पथरीशनिश्चरे २ मा निर्माण भइरहेको सामूदायिक भवन विवाद झन बढ्ने देखिएको छ । पथरीशनिश्चरे वडा नं. २ ले मापद्धण्ड विपरित मन्दिर भित्रको जग्गामा सामुदायीक भवन निमार्ण गरे पछि वडाबासी असन्तुष्ट बनेका थिए । जातीय र धार्मिक सङ्कट निम्त्याउँने सङ्केत देखिए पछि शहरी विकास कार्यालय बिराटनगरबाट काम रोक्न निर्देशन दिएको थियो ।

तर वडाले शहरी विकास कार्यालयको पत्रको वेवस्था गर्दै निमार्ण कार्य अघि बढाएको थियो । काम रोक्न निर्देशन दिए पछि स्थानिय संघ सस्था, धर्म समुदाय र जातजतीले समाुदायी भवन वडाको हित विपरित र मापद्धण्ड विपरित बनेको भन्दै शहरी विकास कार्यालय र नगरलाई ध्यानाकषण गराएका थिए । निमार्ण कार्यमा बिबाद वढ्दै गए पछि बिबाद समाधानका लागि गठित समितिले बिबाद समाधान गर्न नसकेको देखिन्छ ।
नगरकी उप प्रमुख यमुना विष्ट बास्तोलाको नेतृत्वमा वडा नं. १ का वडाध्यक्ष बाबुराम एङ्देन र वडा नं ८ का बडाध्यक्ष बाबुराम दाहाल सहितको समिति बने पनि समितिले ८ का वडाध्यक्ष एवं समितिका सदस्य बाबुराम दाहाललाई सूचना नै नदिई एकलौटी प्रतिवेदन बुझाएको छ ।
उप प्रमुखको समितिले आफुलाई थाहै नदिई सामूदायिक भवन बनाउन आवश्यक र रोक्नु पर्ने कुनै कारण नदेखिएको प्रतिबेदन बुझाएको सदस्य दाहालले बताए । आफूलाई कुनै सूचना नदिई बिबादका विषयमा एकल निर्णय गरे पछि दाहालले असहमति जनाउँदै अर्को प्रतिवेदन पेस गर्नु भएको छ ।

उप प्रमुखको टोलीले तयार गरेको प्रतिवेदनमा दाहालको हस्ताक्षर छैन । यता दाहालले भने मन्दिरको आफ्नो जग्गामा (३ कट्ठा भन्दा आधा कममा) मन्दिर बनाइसकेकोले बाँकी रहेको भवन मापदण्ड विपरित बनिरहेको प्रतिवेदन तयार गर्नु भएको छ । दाहालले सामूदायिक भवन सबै जात धर्म ,लिङ्ग ,वर्ण र समूदायको भएकाले त्योे सबैको अपनत्व हुने गरी सामुदायीक भवन बन्नु पर्ने भन्दै मन्दिर भित्र काटमार निषेध भएको र त्यहाँ सामूदायिक भवन बन्दा एक धर्मको मात्र प्रतिनिधित्व हुने प्रतिवेदनमा उल्लेख छ । यस्तै साना सडक हुँदै पुगिने सामूदायिक भवन स्थल मुल बाटोबाट ५ सय मिटर टाढा भएकोले प्रयोग गर्न अप्ठ्यारो हुने उल्लेख छ ।
नगरपालिकाले सबै समूदायको प्रतिनिधित्व हुने गरी प्रतिवेदन नबनाएको पुरानो समितिका अध्यक्ष पर्शुराम गुरुङले भन्नुभयो –‘ एकपक्षीय मानिस कोठामा बसेर तयार गरिएको प्रतिवेदन हामीलाई स्वीकार्य छैन । समितिले दुईखाले प्रतिबेदन बनाएको त्यसले भन्ने प्रष्ट हुन्छ मापदण्ड विपरीत छ ।
यस अघिसामुदायी भवन मापदण्ड भएको भन्दै विभिन्न १६ संघ सस्था धर्म समुदायले नगरलाई ज्ञापन पत्र बुझाएको थियो । सामुदायीक भवन मापदण्ड विपरित रहेको जग्गादिने जग्गादाताको भनाई छ ।
















