साइनो समाचारदाता पथरी/
मोरङकोे पथरीशनिश्चरे नगरपालीका वडा नं ६ ले किसान र स्वास्थ स्वमंसेविकाहरुलाई प्रोत्साहन गरेको छ । वडाले कृसकलाई पानी तान्ने मोटर, कागतीको विरुवा र स्वमंसेविकाहरुलाई ७ हजार ५ सयका दरले वितरण गरेको छ ।

वडा कार्यालयले आर्थिक वर्ष २०७६/७७ को निर्धारीत कार्यक्रम बमोजिम सो प्रोत्साहन कृसक र स्वमंसेविकालाई वितरण गरेको हो ।
वडाले वडामा कार्यरत ४ जना स्वास्थ्य स्यमंसेविकालाई नगद ३० हजार, २४ जना किसानलाई मोटर र ९ सय थान उन्नत जातको कागतीको विरुवा वितरण गरेको हो ।
नगर र वडाका किसानहरुलाई अर्गानिक खेतीतर्फ केन्द्रित हुन प्रोत्साहन स्वरुप योजनाहरु ल्याएको प्रमुख अतिथी पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले बताउनु भयो । लक डाउनले कृषिको महत्व अझै बढाएको प्रसंग उल्लेख गर्दै नगर प्रमुख राईले परम्परागत विधिको बदलामा वैज्ञानिक र आधुनिक विधिबाट खेती गर्न आग्रह समेत गनुभयो ।

वडाले कृषिमा विनियोजन गरेको ७ लाख बजेट कृषि पकेट कार्यक्रम मार्फत प्राप्त अनुदान समेत गरी मोटर र कागतीको विरुवा वितरण गरीएको नगर कृषि शाखा प्रमुख सावित्रा कार्कीले जानकारी दिनुभयो । वडाले वितरण गरेको मोटरको सहि सदुपयोग गरी कृषि उत्पादानमा वृद्धि गर्न कार्कीले आग्रह गर्नु भएको छ ।
कृषिका लागी नगरकै उत्कृष्ट वडा रहेको दावी गर्दै कागतीको पकेट क्षेत्रको रुपमा स्थापित हुदै गरेको वडा नं. ६ लाई क्रमशः जोन, सुपर जोन वनाउने लक्ष्य रहेको वडाध्यक्ष जयबहादुर तामाङले बताउनु भयो । तामाङले कृषीको ७ लाख बजेटबाट ६ मेट्रिक टन उन्नत जातको धानको विउ वितरण गरिसकेको समेत जानकारी दिनु भयो ।
वडा नं. ६ ले पथरीशनिश्चरे नगरपालिका लगायत अन्य पालिकामा समेत उत्पाति तरकारी पुर्याउदै आएको छ ।

















