पथरी
कोरना भाइरसका संक्रमण नफैलियोस भनेर सरकारले गरेको लकडाउनका कारण राजस्व संकलनमा गिरावट आएको भन्दै पथरीशनिश्चरे नगरपालिकाले वडालाई विनियोजन गर्ने वजेट कटौती गरेको छ ।
गत वर्ष नगरका प्रत्येक वडालाई १ करोड सिलिङ वजेट विनियोजन गरेकोमा यस वर्ष ७५ लाख मात्र वजेट विनियोजन गरिएको नगर प्रवक्ता याम प्रसाद गुरागाईले जानकारी दिए ।
प्रवक्ता गुरागाईका अनुसार चालु आर्थिक वर्षमा लक डाउनका कारण राजस्व र नगरको समग्र आम्दानीमा गिरावट आएका कारण पनि वडाको वजेट कटौती भएको हो ।
नगरले आगामी आर्थीक वर्षका नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफल अघि बढाएको छ । कार्यपालिकाको बैठकले असार १० गते नगर सभा गर्ने निर्णय समेत गरेको छ ।
बैठकले, जेठ ३० गतेसम्ममा विषयत समितिमार्फत नितीगत विषय सहितको योजना र असार ५ गतेसम्ममा वडागत योजना तर्जुमा गरिसक्ने निर्णय गरेको छ ।
















